भक्तपुर, पु्ष २८, २०८०ः
किपाःग्राफी भक्तपुरको आठौ साधारणसभा तथा चौथौ अधिवेशन सम्पन्न भएको छ।
“सम्पदा संरक्षणका लागि फोटोग्राफी “भन्ने मुल नाराका साथ स्थापना भएको किपाःग्राफी भक्तपुरको चौथौ अधिवेशनबाट अध्यक्षमा सुरेशराज शाक्य निर्वाचित भएका छन।
त्यसैगरी उपाध्यक्षमा उज्वलचन्द्र बुध्दाचार्य, सचिवमा बालकृष्ण प्रजापति , सहसचिबमा सुनिल लागे र कोषाध्यक्षमा श्रीराम लाखा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्देश दुमुरू, अमन गणेजु, रबिता किसी र सम्ब्रन्दा बज्राचार्य ्निर्वाचित भएका छन् ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले साधारणसभा तथा अधिवेशनको उदघाटन गरेकी थिइन् ।
