नब निर्वाचित अध्यक्ष रिमालद्वारा सम्पुर्णमा धन्यबाद ज्ञापण: घोषित प्रतिबद्दताहरु पुरा गर्ने प्रण

काठमाडौं, पुष २८, २०८०ः

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघको १४ औ राट्रिय महाधिबेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित हुनु भएका रितेश रिमालले आफुलाई अध्यक्षमा निर्वाचित गराउन महत्वपुर्ण भुमिका निभाउनु हुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापण
भएको छ।

नौलोआयाम डटकम संग आज कुरा गर्नु हुदै अध्यक्ष रिमालले निवर्तमान केन्द्रीय कार्यसमिति, पूर्व केन्द्रीय अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, सातै वटा प्रदेश र २२ वटै शाखाबाट सहभागी महाधिबेशन प्रतिनिधिहरु, सम्पूर्ण अग्रज तथा समकालीन ब्यबसायीहरुलाई बिशेष आभार ब्यक्त गर्नु भयो।

आफ्नो प्रतिबद्दता अनुसार काम गर्ने बताउदै रिमालले आफ्नो घोषणापत्रमा उल्लेखित बुदाहरु दुई बर्षे कार्यकालमा पुरा गर्ने प्रण गरे।

अध्यक्ष रिमालले आफ्नो चुनाबी घोषणा पत्रमा ब्यबसायीले ब्यबहारिक रुपमा भोग्नु परेका समस्याहरुको छिट्टो समाधान गर्नुका साथै बिशेष गरि औषधि ब्यबस्था बिभाग संग सम्बन्धित समस्याहरुको बारेमा उल्लेख गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!