मध्यपुर थिमि, पुष २९, २०८०ः
मध्यपुर थिमि नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त नगरसभाले बिभिन्न बिषयमा चार बुदे निर्णय पारित गरेको छ।
नगरपालिकाको नगरसभाबाट गठित बिभिन्न समितीहरुको कार्य संचालन कार्यबिधी २०८० पारित गर्ने निर्णय गरेको छ। साथै नगरपालि्का द्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल संचालन तथा व्यावस्थापन विधेयक २०८०,नगरपालिकाको आर्थिक बर्ष २०८२/८२, २०८२/८३ र २०८३/८४ को राजस्व/ आय प्रक्षेपणलाई पारित गर्ने निर्णय गरिएको छ।
साथै नगरसभाले नहरपालिका क्षेत्र भित्रका सार्बजनिक सरकारी जग्गाको बिबरण र नगरपालिकाको भौतिक सम्पति बिबरण अद्याबधिक गरी स्वीकृत गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ।

PC: Pawan