काठमाडौं, माघ ३ गते ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको जानकारी दिनुभयो ।
डा.मल्ल मुटुरोग विशेषज्ञ हुनुहुन्छ । उहाँलाई यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले निमित्त निर्देशकमा नियुक्त गर्नुभएको थियो।