क्यान्सरपीडित पत्रकार शेर्मालाई आर्थिक सहयोग

काठमाडौं, माघ ५ गते ।

क्यान्सरपीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट प्राप्त आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको सो रकम प्रदान गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय कार्यालय काठमाडौंमा आयोजित कार्यक्रमबिच उपचाररत शेर्मालाई ३ लाख ८७ हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । फोनिजका अध्यक्ष गजुरधन राई र सङ्जुम्भोका नेतृत्वहरूद्वारा संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपियाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो भने बाँकी रकम नेपालमै संकलन गरिएको हो । पाँचथरमा रहेर लामो समदेखि पत्रकारिता गर्दैआएका शेर्माको घाँटीमा क्यान्सर भएको छ । उपचारका क्रममा अहिले किमो दिने काम भइरहेको छ । उपचारमा धेरै रकम लाग्ने भएपछि फोनिजलगायत विभिन्न संघ संस्थाले सहयोग अभियान सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!