भक्तपुर, माघ ६, २०८०ः
नेकपा (माओवादी केन्द्र) का नेता डि पी ढकालले विकास र समृद्धिको कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
शनिबार श्री कालिका आधारभूत बिध्यालयको घेराबार निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बिकास निर्माण र समृद्धिको कार्यमा सबै दलले सहकार्य गरि अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेता ढकालले आफू बागमती प्रदेश मुख्यमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकार भएलगत्तै भक्तपुरको बिकास निर्माण र समृद्धिको विषयमा अहोरात्र खटिएको जानकारी गराउदै चागुनारायण फास्ट ट्रयाकको लागि बहुबषेेे योजना बनाइ २० करोड बराबरको ठेक्का प्रक्रिया स्वीकृतीको आन्तिम चरणमा रहेको र नेपालको दोश्रो अस्पताल भक्तपुर अस्पतालको स्तरोन्नतिको लागि पहल गरि १०० बाट ३००शैय्यामा स्तरोन्नति गरिनुका साथै सिटी स्क्यान मेसिनका लागि प्रदेश सरकारबाट ८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको समेत बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष नरेश खड्का, उपाध्यक्ष बिनोद लामिछाने, सुमन दाहाल ,समाजसेवी दिलिप लामिछाने, नवराज लामिछाने, राजेन्द्र तिमल्सिना, गोविन्द बहादुर नेपाल राजेश नेपाल लगायको उपस्थिति रहेको थियो ।