हेटौडा, माघ १७,२०७९:
बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारमा भक्तपुरका युवा नेता क डी पी ढकाल “संकल्प” नियुक्त भएका छन ।
मुख्यमन्त्री माननीय शालिक राम जम्कट्टेलका सचिवालयले दिएको जानकारी अनुसार ढकाल मुख्यमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकारमा नियुक्त भएका हुन।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्लाका पुर्ब संयोजक क. ढकाल जिल्लामा निकै सक्रिय युवा नेताको रुपमा परिचित हुनु हुन्छ । अर्थ राजनैतिक बिश्लेशक तथा लेखकका रुपमा पार्टी भित्र छुट्टै छबि बनाएका नेता ढकाल संघीय तथा प्रदेश निर्वाचनको लागि पार्टिद्वारा गठित घोषणा पत्र लेखन कार्यदलका सक्रिय सदस्य समेत हुनुहुन्थ्यो।
क ढकाल समाजबाद र नेपाल, पुजिबादी र समाजबादी अर्थ राजनैतिक बिकासहरु, कम्युनिस्ट आन्दोलनका बहस लगायत दर्जन भन्दा बढि कृतिका लेखक समेत हुनुहुन्छ ।