भेकडानले गर्यो औषधि बिधेयक मस्यौदा २०८० सम्बन्धि अन्तर्क्रिया कार्यक्रम

काठमाडौं, माघ १०, २०८०ः
रत्न काजो प्रजापति

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ केन्द्रिय कार्यसमितिले औषधि बिधेयक मस्यौदा २०८० सम्बन्धि सरोकारवालाहरु संगको अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

उक्त अन्तर्क्रिया तथा छलफल कार्यक्रममा नेपाल औषधि ब्यबसायी संघका केन्द्रिय कोषाध्यक्ष सम्राट मान जोशि, नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रिय महासचिब डा केदार सुबेदी, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसियसनका अध्यक्ष राम प्रसाद मेहता, नेपाल पशु स्वास्थ्य प्राबिधिक संघका केन्द्रिय उपाध्यक्ष पुस्कर नेपाल तथा नेपाल पशुपंक्षी औषधि आयातकर्ता संघका अध्यक्ष रेवति रमण निरौला लगायत सहभागिहरुले सम्पुर्ण सरोकारवाला संघ संस्थाहरु मिलेर समस्याको समाघान गर्न एकताबद्द भएर अघि बद्ने प्रण गरेका थिए।

नेपाल कानुन आयोग तथा संसदिय समितिले हालै तयार पारेको औषधि बिधेयक २०८०को मस्यौदामा पशुपंक्षी औषधि ब्यबसायी तथा यो संग सम्बन्धित संघ संस्थाहरुलाई पुरै बेवास्ता गरेकोमा साथै औषधि प्राबिधिक सल्लाहकार समितिमा आफुहरुलाई संलग्न नगराएकोमा सरोकारवालाहरुले आपति जनाए।

उक्त कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष रितेश रिमालले सरोकारवाला संघ संस्थाहरु संग हातेमालो गर्दै अघि बद्ने र यस्ले समस्या निराकरणमा टेवा पुग्ने बताउनु भयो। अध्यक्ष रिमालले सहभागि संघ संस्थाहरुलाई उहाहरुले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुमा आफुहरुलाई सह आयोजकको रुपमा सह्भागि गराउन पनि सुझाब दिनुभयो।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष सुना सुबेदी बडालले स्वागत मन्तब्य दिनु भएको थियो भने महासचिब सादुराम ढकालले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा संघका नबनिर्वाचित केन्द्रिय कार्यसमिति, निबर्तमान केन्द्रिय अध्यक्ष,पुर्ब केन्द्रिय अध्यक्षहरु, बागमति प्रदेश अध्यक्ष तथा बागमति जि्ल्ला शाखाको पनि प्रतिनिधित्व रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!