अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

काठमाडौं, माघ १२ गते।

नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाएको हो। ८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोड्नुभयो।

नेपालका लागि दिपक बोहोराले ४२ बलमा २७ रन जोड्नुभयो। सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जित दिलाउनुभयो । नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोड्नुभयो। दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए । गुलसन झा र आकाश चन्द एकएक रनमै आउनु भए।

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो। समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो। अन्तिम खेलमा अफगानिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो।

शुक्रबारको खेलमा नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो। दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुलसन झा, तिलक भण्डारी र सुवास भण्डारीले एक–एक विकेट लिनुभएको छ।

समूह ‘डी’बाट नेपालसहित न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा प्रवेश गरेका छन्। यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो।

PC : CAN

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!