नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

काठमाडौं, माघ २४, २०७९ः

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!