कलंकी नापीका सर्वेक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन २० गते।

नापी कार्यालय, कलंकी, काठमाडौँमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईँसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलले सेवाग्राहीसँग एक लाख रुपियाँ घुस बापत रकम लिएको र उक्त रकममध्ये ५० हजार रुपियाँ सर्वेक्षक चौलागाईँले दिएको देखिएको छ। मिलेमतोमा जग्गा कित्ताकाट समेत गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको कसुरमा चौलागाईँविरुद्ध बिगो ५० हजार रुपियाँ कायम गरी जरिवाना ताेकेकाे छ।

यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पोखरेलविरुद्ध बिगो एक लाख रुपियाँ जरिवाना हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!