नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ राप्ती शाखाको अध्यक्षमा खिमलाल खनाल

दाङ, फागुन १९, २०८०ः

नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ राप्ती शाखाको अध्यक्षमा खिमलाल खनाल निर्वाचित हुनु भएको छ।

संघको आज सम्पन्न भएको ९औं बार्षिक साधारणसभा तथा पाचौ अधिवेशनबाट खनाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्बाचित भएका हुन।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोबिन्द पोखरेल निर्वाचित भएका छन। त्यसैगरी सचिवमा खुसिराम चौधरी र कोषाध्यक्षमा काशिराज नेपाल निर्वाचित भएका छन।

कार्यसमितिका सदस्यहरुमा नबराज भुसाल, निर्मल कुमार आचार्य, आनन्द कुमार चौधरी, बालकृष्ण लामिछाने, हेमराज खत्री,छोटेलाल चौधरी निर्वाचित भएका छन। त्यसैगरी भुवन खत्री पदेन सदस्यमा चयन भयका छन।

कार्यक्रम संघका केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष एक नारायण पौडेल, केन्द्रिय सदस्य अर्जुन नेपाल र पुर्ण प्रसाद जैसीको पनि बिशेष उपस्थिति रहेको थियो।

नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ नेपाल भरी छरिएर रहेका पशुपंक्षी औषधी ब्यबसायीहरुको हकहित र पेशागत मर्यादाको रक्षा गर्न स्थापित छाता संगठन हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!