प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीको शपथः कार्यभार पछी तोकिने

काठमाडौँ, फागुन २१, २०८०ः

राष्ट्रपति कार्यालय शीतल निवासमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोरप्रसाद अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको थियो ।

नयाँ गठबन्धनले नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि आजै तीन मन्त्रीलाई शपथ गराइएको हो । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरू दलको एक एक जना सहभागी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

तीनै जना मन्त्रीहरूकाे मन्त्रालयकाे जिम्मेवारी भने ताेकिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!