औषधी उत्पादनमा आत्मनिर्भर बनाउन सबैको सहकार्य आवश्यक

काठमाडौं, फागुन २१ गते।

नेपालमा औषधी नियमन गर्नका लागि औषधी उद्योगी, आयातकर्ता र निर्यातकर्ता बिच सहकार्यको आवश्यक रहेको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले आइतबार औषधी गुणस्तर, मापदण्ड र कानुनी प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो।

उहाँले नेपाललाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउन औषधी, उद्योगी, आयातकर्ता र निर्यातकर्ताबिच सहकार्यको आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाललाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउन नेपालमा कति औषधी आवश्यक पर्छ भनेर अनुसन्धान गरेर १० वर्षमा यति गर्ने भनेर रोड म्याप बनाएर अगाडि बढ्नुपर्छ।”

नेपाल औषधी उत्पादक सङ्घका अनुसार नेपालमा करिब ४५ प्रतिशत औषधी आयात हुने गरेको छ। नेपाल हाल करिब ५५ प्रतिशत औषधीमा आत्मनिर्भर छ। औषधीको उत्पादनको कच्चा पदार्थ, प्रविधि र उपकरण मंहगो कर तिरेर बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको सङ्घको भनाइ छ। नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले लागतको ५० प्रतिशत मात्रै औषधी खपत हुने बताउनुभयो।

औषधी आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले औषधीको आयत गर्दा यसको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले औषधि आयत गर्दा गुणस्तरमा कुनै सम्झौता गर्दैनौ,सरकारले तोकेको मापदण्डभित्र बसेर आयत गर्दै आएका छौँ ” सरकारले स्वदेशमा उद्योगलाई नै संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल फर्मास्युटिकल एसोसियसनका महासचिव सञ्जय कटेलले आयत हुने र स्वदेशमानै उत्पादन गर्ने औषधीको नियमन गर्न सातै प्रदेशमा औषधि प्रयोगशाला स्थापना हुनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालमा औषधीको गुणस्तर मापन गर्न सरकाले सातै प्रदेशमा विभाग र औषधि प्रयोगशालाका स्थापना गर्नुपर्छ।’’

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको गुणस्तर प्रयोगशालामा जाँच गरेर मात्र नभई उद्योगमा उत्पादन देखि उपभोक्ता सम्म आइपुग्दासम्मको गुणस्तर विभागले हेर्ने गरेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!