नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लबको सहयोग

मध्यपुर थिमि, फागुन २२, २०८०ः
रत्न काजि प्रजापति

मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापना गर्ने जनप्रतिनिधिहरुको चाहना अब पुरा हुने भएको छ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लायन्स क्लबको सहयोगमा ब्लड बैक़ स्थापना हुने भएको छ। अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । यस सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

अस्पतालमा आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. डि.के. रौशन र लायन्स क्लवका तर्फबाट लायन्स क्लव अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ जी का नेपाल गर्भनर दिपक प्रजापतिले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा आफ्ना प्रमुख एजेन्डा मध्ये एक रहेको स्वास्थ्य क्षेत्रको सुधार तथा स्वास्थ्यमा जनताको सहज पहुचको प्रतिवद्धता अनुसार आफुहरुले निरन्तर ्कार्य गर्दै आईरहेको बताउदै उहाले ब्लड बैंक स्थापना पनि त्यसैको निरन्तरता भएको बताउनुभयो । उहाले यस अधि नै नगरबासीहरुलाई निशुल्क रगत उपलब्ध गराउनुका साथै ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गर्दै आएको स्मरण गराउनु भयो।

सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, लायन केपी अवाल, नगरपालिकाका महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

 

PC: pawan shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!