ललितपुर महानगर प्रमुखले गरे सल्लाहकार मनोनयन

ललितपुर, माघ २३, २०७९:

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका बिज्ञलाई सल्लाहकारमा मनोनयन गरेका छन ।

जनप्रतिनिधि संग  सबै क्षेत्रको ज्ञान नहुने भएकोले बिज्ञहरुको सल्लाहमा काम गर्दा उचित हुने भएकोले बिज्ञ सल्लाहकार मनोनित गरेको प्रमुख महर्जनले बताए ।

मदनलाल न्यान्छ्यो अमुर्त सम्पदा, लोक बहादुर खडका शिक्षा, दिलेन्द्रराज श्रेष्ठ  पर्यटन , रोहित रन्जित सम्पदा, पदम कृष्ण श्रेष्ठ खेलकुद, पद्म सुन्दर जोशी परम्परागत पानी ब्यबस्थापन, रिद्धिबाबा प्रधान समाज कल्याण , तारामान अमात्य जनस्वास्थ्य , पुष्पमान अमात्य बनस्पति , मदन कुमार पिया अर्बुद रोग, तिर्थमान शाक्य प्रशासन बिज्ञका रुपमा मनोनयन भएका छ्न ।

त्यसैगरी बिपद जोखिम न्युनिकरण गर्ने बिज्ञ संस्थाको रुपमा भुकम्प प्रबिधी रास्ट्रिय समाज नेपाललाई मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!