मध्यपुर थिमि नगरपालिकाको स्थापना र नामांकरण : कृष्णलाल गोजा श्रेष्ठ

बि.सं. २०५३ सालमा ठिमी जेसिसले २ चोटी क्षयरोग अस्पतालको तालिम भवनमा तत्कालिन बालकुमारी गा.वि.स., चपाचो गा.वि.स., बोडे गा.वि.स., नगदेश गा.वि.स. र दिव्यश्वरी गा.वि.स.का जनप्रतिनिधिहरु राजनैतिक दलका साथीहरु र बुद्धिजीवी साथीहरु बोलाई छलफल गरी ५ वटा गा.वि.स. मिलाएर मध्यपुर नगरपालिका बनाउने भनेर सर्वसमितिबाट निणर्य गरी स्थानीय विकास मन्त्रालमा निवेदन दिएको थियो ।

पहिलो चोटी नगरपालिका घोषणा गरिंदा मध्यपुर परेन । त्यही बेला म कृष्णलाल गोजा श्रेष्ठ सहित मध्यपुरका साथीहरु निर्वाचन आयोगमा गई बुझ्दा त्यहाका सचिवले तपाईहरुको दुई वटा क्षेत्र गाभिएर नगरपालिका माग गरिएकोले भएन भनेर जवाफ दिए । हामीले उहालाई भक्तपुर नगरपालिका २ वटा क्षेत्र गाभिएर भक्तपुर नगरपालिका भएको भन्दा त्यो पहिले नै भएकोले अहिले हुदैन भन्ने जवाफ दिनुभयो । त्यसको ३, ४ दिन पछि म भक्तपुर जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी भेट्न जादा नगदेशका कृष्णबहादुर घजुसग भेट भयो । हामी दुवै जनालाई स्थानिय विकास अधिकारीले चिया खुवाएर मलाई बधाई र कृष्णबहादुरलाई बधाई दिएन भन्दा उहाले कृष्णलालजी तपाईको क्षेत्र नगरपालिका भयो र कृष्णबहादुरघजुजीको भएन भनियो । अनि मैले स्थानिय विकास अधिकारीलाई यो कुरा हुदैन। हाम्रो माग ५ वटा गा.वि.स.लाई मिलाइएर गर्नु पर्दछ भन्दा उहाले दुई वटा क्षेत्र गाभिएकोले भएन । त्यसैले बालकुमारी गा.वि.स., चपाचो गा.वि.स. र दिव्यश्वरी गा.वि.स.लाई मिलाएर ११ वटा वडा गर्ने भनेर स्थानिय विकास मन्त्रालयबाट खबर आएको भनुभयो । तत्काल हामी दुवैजना सभापति श्याम कृष्ण कोजुकोमा गई स्थानिय विकास अधिकारीले ३ वटा गा.वि.स. मिलाएर नगरपालिका घोषणा गर्ने तयारी गर्दैछ भनेकोले स्थानिय विकास अधिकारीलाई बोलाएर सोध्नु पर्‍यो भन्दा सभापतिज्यूले बोलाएर सोध्दा चिठ्ठी आएको छैन, खबर मात्र आएको हो भनि जवाफ दिए ।

त्यसपछि सभापति सहित हामी जनप्रतिनिधिहरु र राजनैतिक दलका प्रतिनिधिहरु स्थानिय विकास मन्त्री कमल थापा भेट्न गयौं । कमल थापाले मैले ३ वटा गा.वि.स. मिलाएर नगरपालिका घोषणा गर्ने तयारी गरिएको होइन, तपाईहरुको ५ वटा गा.वि.स. मिलएर नै मध्यपुर नगरपालिकाको घोषणा गर्ने तयारी गर्दैछु भन्नुभयो । कमल थापाले मन्त्रालयका उपसचिव युवराज भुसाल भेटन जानुस् भनि हामी सबैलाई उपसचिव कहा“ पठाउन भयो । हामी गएर उपसचिव युवराज भुसाल भेटन जा“दा बालकुमारी गा.वि.स.को ४ वटा वडा, चपाचो गा.वि.स.कोे ४ वटा वडा र दिव्यश्वरी गा.वि.स.को ३ वटा वडा गरी ११ वटा वडा गरी मध्यपुर नगरपालिका घोषणा गर्ने टिप्पणी लेखी सचिवले सदर गरी मन्त्रीले अन्तिममा सदर गरिएको कागज हामीलाई देखाए । तत्कालै हामी सबैले विरोध गर्‍यौं । उपसचिव युवराज भुसालले मन्त्रीलाई भन्न जानुस् भन्नुभयो । त्यसपछि त्यहा“बाट हामी सबै निस्केर मन्त्रीको कोठामा जा“दा मन्त्री काम विशेषले बाहिर गएको जानकारी भयो । अनि हामी सबै स्थानीय विकास मन्त्रालय सचिव कहा“ गएर ३ वटा गा.वि.स. मिलाएर नगरपालिका घोषणा गर्नु हु“दैन, ५ वटा गा.वि.स. मिलाए मध्यपुर नगरपालिका घोषणा गर्नु पर्दछ भनेर निवेदन दिएर आयौं ।

त्यसपछि त्यहाबाट म सहित महेश श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, रमेश श्रेष्ठ र नविन प्रकाश श्रेष्ठ ५ जना निर्वाचन आयोगमा गएर मुख्य निर्वाचन आयुक्त विष्णु प्रताप साह भेटेर हाम्रो मध्यपुर नगरपालिका घोषणा नभएको कारण सोध्दा उहा“ले तपाईहरुको २ ंवटा क्षेत्र गाभिएर भएको हुनाले नभएको भनेर जवाफ दिनुभयो । तत्कालै हामीले भक्तपुर नगरपालिका २ वटा क्षेत्र गाभिएर नगरपालिका भएको हो भन्दा उहा“ले सबै कानून मैले थाहा छैन, कानुन मन्त्रीस“ग सोध्नु भनेर जवाफ दिनुभयो । त्यसपछि हामी फर्कियौं ।

त्यति बेला कानुन मन्त्री नेपाली काग्रेसको भएकोले मैले महेश श्रेष्ठलाई तपाईले एक पटक कानून मन्त्री भेट्नुस् हाम्रो नगरपालिका हुन्छ भनेको थिए“ । तर एक हप्तापछि सरकार परिवर्तन भयो । लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री, अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री र कानून मन्त्रि प्रेम बहादुर सिंह २ जना नेकपा एमालेको भएकोले मैले राजेन्द्रमान श्रेष्ठलाई भने । हामी निर्वाचन कार्यालयमा जा“दा प्रमुख आयुक्तले कानून मन्त्रिस“ग सोध्नु भनेकोले तपाईले एकचोटी कानुन मन्त्री भेटेर कुरा गर्नुस् मात्र भने । २, ३ दिनपछि त स्थानिय विकास मन्त्री अमृत कुमार बोहराले मध्यपुरको राजनैतिनक दलहरुलाई उहा“कै मन्त्रालय बोलाएर तपाईहरुको नगरपालिका घोषणा गर्न तयार गर्दैछु भन्नुभयो । मन्त्रालयमा नाम बारे राप्रपाका साथीहरुले मध्यपुर मात्र हु“दैन थिमि पनि राख्नु पर्दछ भनेपछि तुरुन्तै मन्त्रीले एउटा कोठाको व्यवस्था मिलाई दलका प्रतिनिधिहरु बसी छलफल गरी मध्यपुर थिमि नगरपालिका नाम राख्ने निणर्य गरी स्थानिय विकास मन्त्रालयका सचिवलाई निवेदन पत्र बुझाउ“दा उहा“ले तपाईहरु जानुस् नगरपालिका घोषणा हुन्छ भनि जवाफ दिनुभयो ।

फलस्वरुप बि.सं. २०५३ साल चैत्र १४ गते बालकुमारी, चपाचो, नगदेश, बोदे र दिव्यश्वरी गरी ५ वटा गा.वि.स. मिलाएर १७ वडा हुने गरी मध्यपुर थिमि नगरपालिका घोषणा भएको थियो ।
यसरी ठिमी जेसिज, विभिन्न राजनीतिक दल र समाजसेवीहरुको प्रयासमा मध्यपुर थिमि नगरपालिकाको स्थापना र नामाङ्करण गर्न सफल भएको थियो ।

 

सौजन्यः थेम्मृङ मासिक, बैशाख अंक २०८१

PC: Google

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!