पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २ जेष्ठ २०८१ः

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल/मट्टितेलमा ५ रुपैयाँ घटेर आएकोले आज रातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा अब त्यो १५४ रुपैयाँ कायम भएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!