क्रिकेटर सन्दीप लामिछानेलाई सफाइः आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुल्ला

काठमाडौँ, जेठ २, २०८१ः

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले आज लामिछानेलाई सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको थियो ।

सन्दीप सोही आदेशविरुद्ध उच्च अदालत जानुभएको थियो । जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याएको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यससँगै सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!