काठमाडौं, जेठ २, २०८१ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघले व्यवसायीहरुले बर्तमान समयमा भोग्नु परेका बिबिध समस्याहरु समाधानका लागि आबश्यक पहल गरिदिन अनुरोध गर्दै पशु सेवा बिभागका महानिर्देशक उमेश दाहाल समक्ष ७ बुदें ज्ञापन पत्र पेश गरेको छ।
संघका केद्रिय अध्यक्ष रितेश रिमालको नेतृत्वमा ब्यबसायीहरुले ज्ञापन पत्र पेश गर्दै विगत १७ बर्षदेखी संचालन हुदै आएको पशु औषधी व्यवसायी तालिम आर्थिक बर्ष २०८१।०८२ मा पनि संचालन गर्नको लागी सातै प्रदेशमा कम्तिमा दुई दुई स्लट तालिमको व्यवस्था मिलाईदिन अनुरोध गरे। ब्यबसायीहरुले महनिर्देशक दाहाल समक्ष पशुपन्क्षी औषधी तथा फिड सप्लिमेन्टहरु आयात गर्दा भोग्नु परेका ब्यबहारिक कठिनाईहरुलाई सरल बनाउन माग गरे।

पशुपन्छीका फिड सप्लिमेन्ट आयात सिफारिस पत्रको अवधि कम्तिमा १ वर्षको हुने गरी सो सिफारिस पत्रमा परिमाणको बन्देजलाई हटाई आवस्यक परिमाण सोही सिफरिस पत्रको आधारमा पटक पटक ल्याउन मिल्ने व्यस्था गरिनुपर्ने साथै एकपटक दर्ता भइसकेका कम्पनीका फिड सप्लिमेन्टहरू पुनः आयातका लागि सिफारिस गर्दा पुरानो सिफारिस भई आएका आधारमा नवीकरण हुने व्यवस्था अनिवार्य गर्न ब्यबसायीले माग गरेका छन। आयात सिफारिस पत्रको लागी समयावधि भित्रनै पेश गरिएका निवेदनहरु विभागको सिफारिस समितिको बैठकमा छुटेको खण्डमा ति निवेदनहरुलाई सोहि समयमानै सिफारिस प्रदान गरिनुका साथै क्वारेन्टाईन प्रमाणपत्र पेश गर्नु पर्ने अनिबार्यतालाई हटाउनु पर्ने माग ब्यबसायीले गरेका छन।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष (आयात ) सुना सुबेदी बडाल, केन्द्रिय महासचिब सादुराम ढकाल (आशिस), संघका पुर्ब केन्द्रिय अध्यक्ष रेवति रमन निरौला, पुर्ब केन्द्रिय अध्यक्ष हेमराज बडाल समेतको उपस्थितिमा ब्यबसायीहरुले पशुपन्क्षीमा प्रयोग हुने Disinfectent तथा Sanitiser हरुमा लगाउदै आएको भन्सार महशुलमा पुनराबलोकन गर्न समेत अनुरोघ गरेका छन।
संघका केन्द्रिय महासचिब ढकालले महानिर्देशक दाहालले ज्ञापन पत्रलाई निकै सकारात्मक रुपमा लिनु भएको बताउदै महानिर्देशक दाहाल यो क्षेत्रलाई निकै नजिकबाट बुझेका ब्यक्तित्व भएकोले उहाको कार्यकालमा ब्यबसायीका समस्याहरु समाघान हुने बिश्वास समेत ब्यक्त गरे।