अण्डाको मूल्यमा पुनः वृद्धि: प्रति क्रेटको मुल्य कति?

काठमाडौँ, जेठ ५, २०८१ः
रत्न काजि प्रजापति

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुनः वृद्धि गरेको छ ।

संघको हिजो बसेको व्यवसायीहरुको भौतिक र भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो । नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ । यो मुल्य यहि जेठ ५ गते शनिबार देखि लागु हुनेछ ।

यस अघि बैशाख ३० गते देखि लागू हुने गरि संघले अण्डाको नया मुल्य लागू गरेको थियो, जस अनुसार अण्डाको मूल्य क्रमश ३९५/-, ४२५/- र ४४५/- कायम गरेको थियो।

किन बढ्यो अण्डाको मुल्य?

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार बजारमा अण्डाको माग बढ्नु र अण्डाको उत्पादनमा कमि आउनु नै अण्डाको मुल्य बढ्नुको प्रमुख कारण हो।

अत्यधिक गर्मि तथा अन्य बिबिध कारणले गर्दा उत्पादकत्वमा आएको ह्रासका कारण अण्डाको मुल्यमा बृद्दि भएको सचिब पोखरेलले नौलोआयाम डटकमलाई बताए।

बैशाख महिनामा मात्रै पटक पटक गरी ३ पटक मुल्य समायोजन गरि सकेको संघले जेठको पहिलो हप्ता मै पुनः मुल्य बृद्दि किन गरेको भन्ने प्रश्नमा सचिब पोखरेलले बिबिध कारणले उत्पादनमा भएको कमि अनि बजारको उच्च मागका कारण मुल्य बृद्दि गर्नु परेको बताए। उहाका अनुसार अबस्था यहि रहेमा अण्डाको पुनः मुल्य समायोजनको बिकल्प नरहेको बताए।

कति छ अण्डाको प्रति गोटा मुल्य ?

पछिल्लो मुल्य बृद्दि संगै संघले अण्डाको उपभोक्ता मुल्य प्रति गोटा रु २० निर्धारण गरेको छ।

के फेरि बढ्ला त अण्डाको मुल्य?

हप्ता हप्ता दिनको फरकमा मुल्य बृद्दि भैरहेको हालको अबस्थामा संघले यहि जेठ १२ गते शनिबार पोखरामा बिशेष बैठक बोलाएको छ। यहि बैठकबाट अण्डाको मुल्यमा पुनः समायोजन हुने सम्भाबना कतिको छ भन्ने प्रश्नमा सचिब पोखरेलले अण्डाको उत्पादनको अबस्था यहि रहेमा बढ्न सक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!