नेपाल पशुपंक्षी औषधि व्यवसायी संघद्वारा अनलाईन कक्षा संचालन

काठमाडौं, जेठ ११, २०८१ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ केन्द्रिय समितिले पशु औषधि व्यवसायी तालिमको परिक्षालाई मध्यनजर गर्दै आज देखि अनलाईन कक्षा संचालन गरेको छ।

औषधि ब्यबस्था बिभागले यहि जेठ १९ गते संचालन गर्ने परिक्षामा सहभागी हुने ब्यबसायीहरुलाई सहज होस भन्ने मनसायले संघले कक्षा संचालन गरेको संघका महासचिब सादुराम ढकाल (आशिष)ले जानकारी दिनु भयो।

जुमको माध्यमबाट जेष्ठ १० गते देखि जेष्ठ १६ गते सम्म प्रत्येक दिन विहान ६:०० बजे देखी ८:०० बजे सम्म दुई घण्टा कक्षा संचालन हुनेछ। उक्त तयारी कक्षामा बिभिन्न बिषयका बिज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण दिईनेछ।

पशुपंक्षी औषधि व्यवसायी मान्यता प्रमाणपत्रमा लागि औषधि ब्यबस्था विभाग र पशु सेवा विभाग एंव पशु सेवा तालिम केन्द्र (सम्बन्धित प्रादेशिक स्तर) को समन्वयमा बिभिन्न समयमा सञ्चालित तालिममा सहभागी ब्यबसायीहरुको परिक्षा यहि जेठ १९ गते शनिबार काठमाडौंमा हुदैछ। औषधि ब्यबस्था बिभागले संचालन गर्ने उक्त परिक्षामा देशभरीका ३ सय ५९ ब्यबसायीहरु सहभागी हुने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!