काठमाडौ, जेठ २२, २०८१ः
एसियन फर्मास्युटिकल प्रा लि द्वारा उत्पादित ओन्डा सिरप औषधी गुणस्तरहिन पाईएको छ। औषधी ब्यबस्था बिभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा उक्त औषधी गुणस्तरहिन पाईएको हो।
रुपन्देहीमा रहेको एसियन फर्मास्युटिकलले उत्पादन गरेको व्याच नं ओडिएल ००५१ को उक्त औषधी न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट (Dosage Form) भएको औषधि, औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न बिभागले निर्देशन दिएको छ।
साथै बिभागले रिकल सम्बन्धी सम्पुर्ण विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ। बिभागले उक्त ब्याच नं. उल्लेख भएका औषधिको सिफारिस, विक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन समेत सम्बन्धित सबैलाई सचेत गराएको छ।