मध्यपुर थिमिको नगदेशमा वः फेस्टिभलको आयोजना हुदैः मध्यपुरलाई पर्यटकीय गन्तब्य बनाउने लक्ष्य

मध्यपुर थिमि, जेठ २२, २०८१ः
रत्न काजि प्रजापति

मध्यपुर थिमिको नगदेशमा दोश्रो संस्करणको वः फेस्टिभलको आयोजना हुने भएको छ। मध्यपुर पर्यटन बिकास समितिको आयोजनामा उक्त वः फेस्टिभल हुन लागेको हो।

फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रमेश प्रजापतिले नेवा समुदायको महान चाड सिथिनखःको पुर्ब सन्ध्या पारेर यो फेस्टिभल आयोजना गर्न लागेको र यसले मध्यपुर थिमिमा रहेको विभिन्न पर्यटकीय आर्कषणहरु, मुर्त अमुर्त कला, संस्कृति र सम्पदाहरु, कलात्मक मठ मन्दिर, पाटि पौवा, सत्तल, बिहार तथा पुरात्वात्विक महत्वका स्मारक क्षेत्रहरुको प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो।

अध्यक्ष प्रजापतिले यो फेस्टिभलले मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको नया गन्तब्यको रुपमा बिकास गर्ने समितिको उद्देश्य प्राप्तिमा सघाउ पुर्याउने बताउनु भयो।

वः फेस्टिभल नगदेशमा नै किन?

पहिलो संसकरणको वः फेस्टिभल गत बर्ष वडा न ४ को निगु पुखुमा आयोजना गरिएको थियो। यो पटक वः फेस्टिभल मध्यपुर थिमि वडा न ७ नगदेशमा हुने भएको छ। मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेश आफ्नै विशिष्ट इतिहास बोकेको एउटा जिउँदो जाग्दो परम्परागत नगर हो। अधिकांश जनसंख्या किसान पृष्ठभूमिका रहेको यस एतिहासिक नगर तरकारी उत्पादनका लागि प्रसिद्द छ। रैथाने तरकारीको अलावा पर्यटन उद्योगको विकास सँगसँगै भित्रिएका आगन्तुक तरकारीहरु पनि यहाँ उच्च गुणस्तरका साथ उत्पादन हुँदै आएका छन्। युनेस्कोमा सूचिकृत रहेको कोरियन अचार किम्ची बनाउने चाइनिज क्याबेज नेपाल भरिकै उत्कृष्ट उत्पादन नगदेशवासीहरुले मात्र गरिरहेको पाईन्छ। यहि यथार्थलाई मध्यनजर गर्दै यस पटक वः फेस्टिभल संग संगै हरियो तरकारीको प्रदर्शनी पनि गरिने समितिका सचिब शिब सुन्दर श्रेष्ठले नौलोआयाम डटकमलाई जानकारी दिनु भयो।

“मध्यपुर थिमिमा पर्यटनको बिकास गर्न यो फेस्टिभलले ठूलो सहयोग गर्नेछ र मध्यपुर थिमिका स्थानिय जनताहरुको आर्थिक समृद्धी हासिल गर्नमा ठूलो योगदान दिनेछ। ” समितिका सचिब श्रेष्ठले भने।

के के हुन्छ त फेस्टिभलमा?

यहि जेठ २६ गते शनिबारको दिन बिहान १० बजे देखि बेलुका ७ बजेसम्म प्रदर्शनी संचालन हुनेछ। उक्त फेस्टिभलमा काठमाडौं उपत्यकाका ख्याति प्राप्त १८ वटा नेवारी रेष्टुरेन्टहरु लगायत यहाँका स्थानिय किसान समुह, आमा तथा महिला समुह लगायतले आफुले उत्पादन गरेका विभिन्न ग्रिन भिजिटेबल र बिभिन्न परिकारका नेवारी खाना्हरुको ७ वटा स्टल रहने छ। उक्त स्टलहरुबाट भिजिटरहरुले बिभिन्न प्रकारका वः का परिकारहरुका साथै नेवा खाजाहरुको स्वाद चाख्न पाईनेछ। साथ स्थानियहरुले उत्पादन गएको थ्वो तथा ऍलाको पनि मज्जा लिन सकिने छ। साथै फेस्टिभल अबधि भरी नेवाः सांस्कृतिक कार्यक्रमहरुका साथै अन्य गीत संगितले मनोरन्जन गराउने व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!