नगरपालिकाकाे सहयाेगमा माैरीकाे घार, संगै २० थान गलैंचा बुन्ने तान बितरण

चाैतारा, सिन्धुपाल्चोक, २३ जेठ,

निर्मल बस्नेत

चौतारा साँगाचोकगढी नगरपालिकाे सहयोगमा स्वाभिमानी बहुद्देश्यीय सहकारी सँस्थामार्फत ३२ परिवारले मौरी सहितको घार पाएका छन् ।

बुधबार चाैतारामा एक कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का स्थानीयले मौरी सहितको घार पाएपछि छुट्टै खुसी छाएको छ । स्थानीयले यश अगावै मौरी पालन तालिम लिएर बसेका थिए अहिले मौरी सहितको घार पाएपछि उनिहरुमा खुसी थपिएको हाे । घार बितरण कार्यक्रममा बोल्दै चौसाँगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले व्यवसायीक रुपमा आम्दानीकाे माध्यम बनाई आत्मनिर्भर हुनेगरी मौरी पालनमा लाग्न आग्रह गरेका छन् । आर्थिक रुपमा सक्षम हुन आफ्नै घरसारमा बसि आम्दानी गर्न उनिहरुलाई मेयर सापकोटाले सुझाएका हुन् । आफू सदैव कृषक र उद्यमीहरुकाे पक्षमा रहेकाे बताउदै उनले उचित र बस्तुबादी याेजना सहित नगरमा आए नगर सहयाेग गर्न तयार रहेकाे बताए ।

त्यस्तै उपप्रमुख सिता थापाले नगरपालिकाले सीप बिकासकाे लागि २० लाख भन्दा बढी खर्च गरेको बताइन् । नगरकाे सहयाेगमा सञ्चालित तालिमले नगरबासीकाे जीवनव्यवहार सहज बनाउने र स्वराेजगार सिर्जना गर्न सहयाेग पुग्ने अपेक्षा राखेकी थिईन् । उनिले नगरकाे लगानी खेर नजाओस् भन्ने भनाई व्यक्त गरिन् ।

नगरपालिका ५ नम्बर वडाध्यक्ष शिव श्रेष्ठले समृद्ध नगरकाे लागि क्षमता बिकासकाे तालिमले आत्मनिर्भर बनाउने दिशामा नगर अघि बढेकाे बताए । उनले सिकेको सीप व्यवहारमा प्रयाेग गर्न आग्रह गर्दै थप क्षमता बिकासकाे लागि कार्यक्रम बनाउने प्रतिबद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले तालिमा सहभागी घरमै बसेर आयआर्जन गर्नमा तालिमले सहयाेग पुगेको हाेला भन्ने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले भनेका छन् “सरकारकाे लगानी वालुवामा पानी नहाेस्” । कार्यक्रममा माैरीपालन प्रशिक्षणका सहजकर्ताबाट आवश्यक प्रकृयाकाे बारेमा चर्चा गरिएको थियाे । उनले १५ गाेला माैरी नास गरेर अरु थप माैरी ल्याएर सफलता हासिल गर्नेसम्मका ज्ञान बटुलेकाे अनुभव सुनाए ।

साेही कार्यक्रमकाबिच नगरपालिका र उद्याेग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोककाे सहयाेगमा स्वाभिमानी कै आयाेजनामा बैशाख २३ गतेबाट जेठ २२ गतेसम्म सञ्चालित १ महिने एडभान्स गलैंचा बुन्ने तालिमकाे समापन पनि गरिएको थियाे । तालिममा सहभागी २० जनालाई एक एक थान गलैँचा बुन्ने तान समेत बितरण गरिएको थियाे । उक्त कार्यक्रम उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेको अध्यक्षता र स्वाभिमानी सहकारीका अध्यक्ष हरी बिश्वकर्माकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!