भक्तपुर, असार १३, २०८१ः
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसईईको नतिजामा दुई विषयमा ननग्रेड (एनजी) हुनेले तत्कालै परीक्षा दिन पाउने ब्यबस्था रहेको जनाएको छ। बोर्डले एक सुचना जारी गरी सो कुराको जानकारी गराएको हो।
“नतिजा प्रकाशन भएको एक महिनापछि दुई विषयसम्म एनजी आउनेले मौका परीक्षा मा सहभागी हुन पाउने (पूरक) भएकाले तयारी गरी ग्रेड वृद्धि गर्न सक्ने अवसर रहेको हुन्छ। सोको नतिजा एक महिना भित्र प्रकाशन हुने भएकाले कक्षा ११ मा भर्ना भई अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने हुन्छ।” सुचनामा उल्लेख छ।
“दुईभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ।”