विषादी व्यवसायीहरुद्वारा कृषि बस्तुमा लगाएको भ्याटको बिरोधः देशव्यापी रुपमा दुई दिने पसल बन्दको कार्यक्रम

काठमाडौं, असार १४, २०८१ः

विषादी व्यवसायी संघले सरकारले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मुल्य अभिवृद्धि कर (VAT) र अन्य वृद्धि गरिएको शुल्कको विरोध स्वरुप देशैभरीका पसल बन्द गरेको छ।

सरकारले कृषि बालीमा प्रयोग हुने विषादी लगायत अन्य कृषि वस्तुहरुमा मुल्य अभिवृद्धि कर (VAT) लागु गर्नुका साथै विषादी पन्जिकरण शुल्कमा पांच सय देखि एक हजार प्रतिशत सम्म बृद्दी गरेको बिरोघमा दुईदिने पसल बन्दको कार्यक्रम आयोजना गरिएको संघका महासचिब रामचन्द्र कार्कीले बताए।

महासचिब कार्कीका अनुसारआर्थिक वर्ष २०८१/ २०८२ को बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर (भ्याट) लागु गरिएकोमा संघले सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्रीलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) हटाइदिन अनुरोध गर्दा उहाँहरु सकारात्मक भएकोमा २०८१/०३/११ गते प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै पास गरी ती बस्तुहरुमा भ्याट लागु गरिएको छ।

कृषि प्रधान देशमा यो निर्णयले नेपाली किसानहरु माथि ज्यादती थोपरेको र कृषि पेशा नै धरापमा पर्ने संभाबना रहेको औल्याउदै महासचिब कार्कीले कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (VAT) र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दै विरोध स्वरुप देशै भरीका करिब तीन हजार पसलहरु बन्द गरी बिरोध जनाएको बताए।

माग पुरा नभएमा यो भन्दा सशक्त बिरोधका कार्यक्रमहरु सार्बजनिक गर्ने महासचिब कार्कीले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!