काठमाडौं, असार २७,२०८१ः
क्युरेक्स फर्मास्युटिकल्स प्रा. लि. बनेपाले उत्पादन गरेको ‘फोलिकेयर ट्याबलेट’ गुणस्तरहीन पाइएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश सरकारले त्यसको आशंकामा परीक्षण गराएको थियो।
गुणस्तर परिक्षणका लागि पठाइएको नमुनाको राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्युनगुणस्तरको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ। औषधि न्युनगुणस्तरको पाइए पछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्रि वितरण रोक्का गरि उक्त ब्याच नं.का औषधि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विस्तृत विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ।
