उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्तः निवास र गाडी हस्तान्तरण

काठमाडौं, असार २९, २०८१ः

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

शुक्रबार संसदमा सरकार माथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छोडिसक्नु भएको छ भने गाडी समेत बुझाइसक्नु भएको छ।

‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।’ सम्बोधनका क्रममा उहाँले भन्नुभयो- ‘हामी सबै दाजुभाई, साथीभाई र परिवार हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!