आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी पूर्व, साउन २, २०८१ःःः

आफ्नै ४३ वर्षीय बुवाको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-५ ठकुरी चोक बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफूले पालेको कुकुर बुवाले मारेको भन्ने विषयलाई लिएर झैझगडा हुँदा ती किशोरले ढुङगा प्रहार गर्दा उनको बुवाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!