सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौं, साउन २, २०८१ः

प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गर्नुभएको हो ।

उहाँलाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम मनोनयन गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!