रुपन्देही ,साउन ७, २०८१ः
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
आचार्यले सोमबार एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गर्नु भएको थियो ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले एकै पटक सबै मन्त्रीसहित मुख्यमन्त्रीको शपथ बुधबार हुने जनाउनुभयो ।
