क्यान्सर पीडितलाई १ लाख दिने स्वास्थ्य मन्त्री थापाको पहिलो जनपक्षीय निर्णय (निर्णय सहित)

हेटौडा, ९ साउन २०८१ः
रत्न काजि प्रजापति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा पद बहाली गर्दै स्वास्थ्य मन्त्री किरण थापाले क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निणर्य गर्नु भएको छ। विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई रु ५० हजार सहयोग गर्ने गरेकोमा सो रकमलाई बढाएर एक लाख दिने निर्णय मन्त्री थापाले गर्नु भएको हो।

मन्त्री थापाले यसको लागि आवश्यक पर्ने ११ करोड रुपैंया बजेट सुनिश्चितता गर्न मन्त्रीपरिषद्मामा प्रस्ताव पेश गर्न आर्थिक योजना तथा मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यसैगरी नसर्ने रोग तथा मानसिक रोग रोकथाम र न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय पनि मन्त्री थापाले गर्नुभयो ।

मन्त्री थापाले मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई प्रदेशका सबै पालिका र स्थानीय तहमा पुर्याउने पनि बताउनुभयो ।

नेकपा एमालेका तर्फबाट मन्त्री नियुक्त हुनु भएका भक्तपुर जिल्लाका माननिय थापाको यो जनपक्षीय निर्णयबाट भक्तपुर बासी उत्साहित भएका छन।

निर्णय

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!