काठमाडौं, साउन ९, २०८१ः
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
साउन ११ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार बैठकमा पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ।