चौधरी समूहले हडपेको बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता

काठमाडौ, साउन ९, २०८१ः

बाँसबारी छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ। हाल चाँदबाग स्कुलले चर्चेको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो।

नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी जग्गा हडपिएको सम्बन्धमा अनुसन्धान गरेको थियो।

ब्युरोले अनुसन्धान पछि गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा स्रेस्ता अद्यावधिक गर्न भनेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले माघ २५ गते २१ दिन भित्रमा उपस्थित हुन पत्र पठाएको थियो।

सीआईबीले अध्यक्ष ठाकुरसहित चाँदबागका सञ्चालक व्यापारी अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेर अनुसन्धान गरेको हो। पछि अदालतको आदेशले उनीहरू छुटिसकेका छन्।

उनीहरुले सुरुमा च्याम्पियन फुटवेयर लिमिटेड नामक सार्वजनिक कम्पनी खडा गरेका थिए। तर पछि निजी कम्पनी बनाएको पाइएको छ।
हाल उक्त कम्पनीको नाम पनि चाँदबाग रेसिडेन्सी प्रालि रहेको छ। बाँसबारीको हडपिएको जग्गा हाल चाँदबाग कै नाममा रहेको थियो। यो कम्पनीका नाममा कारखानाको १० रोपनी जग्गा दिने निर्णय गर्दा अध्यक्ष अजितनारायण थापा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!