काठमाडौँ, साउन ९, २०८१ः
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीष शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी ओली अस्पताल पुग्नुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली बुधबार साँझ सिनामंगलस्थित केएमसी अस्पतालमा पुग्नुभएको हो।
उक्त दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भइसकेको छ भने क्याप्टेन शाक्यको उपचार भइराखेको छ।
मृतक सबैको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम भइरहेको छ। सरकारले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्य जहाज जाँच आयोग गठनसमेत गरिसकेको छ।