नवनियुक्त स्वास्थ्यमन्त्री थापालाई नेपाल प्रेस सोसाइटीको बधाई तथा सम्मान

भक्तपुर, साउन १२, २०८१ः

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले बागमति प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाको सम्मानमा वधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। नवनियुक्त मन्त्री थापालाई सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो।

कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री थापाले आफू स्वास्थ्यमन्त्रीको कार्यकाल सकाएर कहीकतै भ्रष्टाचार नगरी निष्कलंक भएर निस्कने वचन दिए । मन्त्री बन्नु नै भ्रष्टाचार गरेर पैसा कमाउनकै लागि हो भन्ने मान्यताको विकास भइरहेको बेला नवनियुक्त मन्त्री थापाले कुनै व्यक्तिगत स्वार्थमा नरुमलिने प्रतिवद्धता जनाए ।

मन्त्री थापाले आफूले पक्षपात पनि कुनै हिसावले नगर्ने जनाए । पार्टीगत, क्षेत्रगत वा अन्य कुनै पनि हिसावले पनि म पक्षपातपूर्ण काम गर्दिन, उनले आश्वस्त तुल्याउँंदै भने, यो मेरो मान्छे हो, यो मेरो भोटर हो, यो होइन कुनै हिसावले पनि पक्षपात गरिंदैन, बरु सवैलाई सकेको सहयोग गर्छु ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज वस्नेतले भक्तपुरकै मन्त्री पाएपछि भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिए ।

मन्त्री थापा नेकपा एमाले भक्तपुरका उपाध्यक्ष हुन् । उनी वागमति प्रदेशका सांसद् हुन् । साथै उनी यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!