बागमती प्रदेशमा पुनः मन्त्रिपरिषद् विस्तार

मकवानपुर, साउन १२, २०८१ः

बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएको छन्।

विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कांग्रेसका मन्त्रीहरुको जिम्मेवारी समेत तोकिएको छ। युवा नेता कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय र श्याम खड्काले खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिए छ।

यो सँगै बागमतीमा मन्त्रीको सङ्ख्या १४ पुगेको छ। बागमतीमा कांग्रेसका सांसद मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा रहेका छन्। बागमतीमा १३ मन्त्रालय छन्। अब एउटा मन्त्रालय विभाजन हुनेछ।

केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!