निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार धरौटीमा रिहा

काठमाडौं, सा उन १३, २०८१ः

विशेष अदालतले अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोप लागेर मुख्यसचिव पदबाट निलम्बनमा परेका बैकुण्ठ अर्याललाई ५० हजार धरौटीमा छोडेको छ।

आइतबार अदालतमा उपस्थित भएका अर्याललाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले ५० हजार धरौटीमा छोडेको सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।

केही समयअघि अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अर्याल सहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गर्दे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!