बागमती प्रदेशका मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने

हेटौंडा, साउन १३, २०८१ः

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पर्सि मङ्गलबार (साउन १५गते) विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

नेपाली कांग्रेस र एमालेको समर्थनमा साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।

उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए। १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट थप एक मन्त्री थप गरिएको छ। मदुकुमार श्रेष्ठ विना विभागीय मन्त्री छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!