पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौ, सा उन १३, २०८१ः

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको फैसला सुनाएको छ ।

आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीले विशेष अदालतलको फैसला विरुद्ध दिएको पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिनु भएको थियो ।

पूर्व गृहमन्त्री जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो । सर्वोच्चले भने ६९ लाख १५ हजार जरिवाना ९ महिना कैद फैसाला सुनाएको छ ।

त्यसैगरी इजलासले गैर कानुनी सम्पत्ति आर्जनमा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!