३ प्रदेश प्रमुख फेरिए

काठमाडौं, साउन १५, २०८१ः

सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ। बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

यसअघि बागमतीमा यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्।

उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!