१८ देशमा राजदूत सिफारिसः कुन देशमा को? (सूची सहित)

काठमाडौं, साउन १६, २०८१ः

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ। बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत राजदूतलाई भदौ १५ भित्र फर्कि सक्ने गरी फिर्ता बोलाएको छ।

कुन देशको राजदूतमा को सिफारिस?

१‍. डा. शंकरप्रसाद शर्मा – भारत
२. कान्ता रिजाल –अष्ट्रेलिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!