वरिष्ठ नेत्र विशेषज्ञ डा.रुइत सम्मानित

काठमाडौँ, साउन १९, २०८१ः

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले आज यहाँ आयोजित समारोहमा डा. रुईतले आँखा उपचारका क्षेत्रमा पु्र्याउनु भएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गर्नुभएको हो ।

ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उहाँ सफल हुनुभएको छ । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिनुभएको अभिनन्नद पत्रमा उल्लेख गरिएको छ । डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’, बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट प्रदान गरिने पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!