हेलिकोप्टर चढेर भारत पुगिन् हसिना

काठमाडौँ, सा उन २१, २०८१ः

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन । राजधानी ढाकामा प्रदर्शनकारीहरुले त्यहाँको सरकारी निवासमा हस्तक्षेप गरेपछि हसिनाले राजीनामा दिएर भागेको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार हसिना हेलिकोप्टर चढेर छिमेकी देश भारतमा पुगेकी छन ।

उता ढाकामा भने प्रदर्शनकारीहरुले हसिनाको राजीनामासँगै खुशियाली मनाएका छन । दिउँसो प्रदर्शनकारीहरु सरकारी निवास अरु मन्त्रीहरुको आवास तथा अफिसमा पनि छिरेर तोडफोड गरेका थिए ।

बिबिसीले प्रदर्शनकारीहरुले सरकारी कार्यालयका फर्निचर तोडफोड गरेका र लुटपाट पनि गरेको दृश्यहरु प्रत्यक्ष प्रसारण गरिरहेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!