बदनियत पुर्बक नतिजा प्रकाशित गरेको भन्दै ब्यबसायी संघले जनाए कडा आपत्तिः बिभाग बिरुद्द संघ आन्दोलनमा उत्रने
क़ाठमाडौं, साउन २१, २०८१ः
औषधि व्यवस्था विभागद्वारा यहि जेठ १९ गते लिएको पशुपन्छी औषधि व्यवसायी मान्यता परीक्षाको नतिजा प्रकाशन गरेको छ। प्रकाशित नतिजा अनुसार नेपाल भरी बाट परिक्षामा सहभागी तीन सय ५९ जना परिक्षार्थीहरु मध्ये ४३ जना परिक्षार्थी मात्र परिक्षामा उति्र्ण भएका छन। यो नतिजा अनुसार जम्मा ११.९७ प्रतिशत मात्र उतिर्ण भएको छ।
नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमालले सो नतिजा प्रति कडा बिरोध जनाउनु भएको छ।
सहभागी परिक्षार्थी मध्ये जम्मा १२ प्रतिशत मात्र परिक्षार्थी उतिर्ण हुनुमा बिभागको बदनियत स्पष्ट देखिएको बताउदै अध्यक्ष रिमालले बिभागको बिरुद्दमा संघले कडा आन्दोलन गर्ने बताए।
तालिम लिएको करिब १ बर्ष पछि परिक्षा लिनु अनि परिक्षा सैनिक शिक्षालयमा लिनु जस्ता बिभागका गतिबिधिहरु शंकास्पद रहेको बताउदै अध्यक्ष रिमालले परिक्षाफलले बिभागको बदनियत छताछुल्ल भएको बताउनु भयो।
अध्यक्ष रिमालले बिभागको यो कदम बिरुद्द संघको केन्दिय कार्यसमितिको बैठक बसी आबश्यक परेमा अख्तियार र अदालतसम्म जानु परेमा पछी नपर्ने भन्दै बिभाग बिरुद्द कडा आक्रोश पोखे। उहाले भोलि देखि नै ब्यबसायीहरुले चरणबद्द आन्दोलनका कार्यक्रम गर्ने बताए।