औषधि व्यवस्था विभागलाई ब्यबसायी संघको १ हप्ते अल्टिमेटमः पुनः उत्तरपुस्तिका जाँचको व्यवस्था गर्न माग

काठमाडौं, साउन २२, २०८१ः

औषधि व्यवस्था विभागले हिजो प्रकाशित गरेको पशुपन्छी औषधि व्यवसायी मान्यता परिक्षाको नतिजा पुर्वाग्रहि पुर्ण रहेको भन्दै नेपाल पशुपन्छी औषधि व्यवसायी संघले बिभागलाई पुनः उत्तरपुस्तिका जाँचको व्यवस्था गर्न माग गरेको छ। संघका केन्द्रिय महासचिब सादुराम ढकाल (आशिष)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै १ हप्ते अल्टिमेटम सहित सो माग गरेको हो।

बिभागले गत जेठ १४ गते काठमाडौमा सचालन गरेको परिक्षामा सम्मिलीत ३५३ जना परिक्षार्थी मध्ये जम्मा ४३ जना मात्र उतिर्ण भएको थियो। सोहि नतिजा प्रति असन्तुष्टी जनाउँदै संघले विभागबाट पुर्वाग्रहि रुपमा उत्तरपुस्तिका जाँच भएको र पूर्णाङ्क, उतिर्णाङ्क र प्राप्तङ्क समेत उल्लेख नगरी नतिजा प्रकाशनमा लापरवाही गरेको आरोप लगाएको हो।

अधिकांश परिक्षार्थीहरु भेटेरिनरी पेशामा दक्ष एवं व्यवसायीक रुपमा निरन्तर सेवा प्रदान गर्दै आएको र परिक्षाको विषयमा अधिकांश परिक्षार्थीहरुले परिक्षा राम्रो रहेको प्रतिकृया समेत दिएकोले संघले सम्वन्धित क्षेत्रका विषेशज्ञको समेत संलग्नतामा पुनः उत्तरपुस्तिका जाँचको व्यवस्था गर्नु पर्ने माग संघले गरेको छ।

पशु औषधि व्यवसायी मान्यता प्राप्त परिक्षाको कार्यविधी के हो ? सो स्पष्ट पार्नुका साथै सबै परिक्षार्थिहरुको उतिर्णङ्क प्राप्ताङ्क सहित उतिर्ण तथा अनुतिर्ण स्पष्ट उल्लेख गरि पुनः नतिजा प्रकाशन गर्न संघले माग गरेको छ।

विभागले भेटेरिनरी औषधि व्यवसायीहरु प्रति गरेको अवहेलनाको घोर भत्सना गर्दै ब्यबसायी संघले ७ दिन भित्र आफ्ना मागको उचित संवोधन नभएमा संघको पूर्ण बैठकबाट चरणवद्ध आन्दोलनको घोषणा गरी संघ संग संवद्ध संघ संस्थाहरु सहित आन्दोलनमा होमिन बाध्य हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!