बोइलर कुखुराको एक दिने चल्ला, माउ चल्ला र पशुपन्छिको दाना उत्पादनमा समेत आत्मनिर्भर रहेको जानकारी
काठमाडौं, साउन २२, २०८१ः
नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रबिन पुरीको नेतृत्वमा संघका पदाधिकारीहरु सहितको टोलीले आज प्रधानमन्त्री के. पी. शर्मा ओली संग भेटबार्ता गरेको छ। भेटका अबसरमा अध्यक्ष पुरीले गणतन्त्र नेपालको सम्माननिय प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा प्रधानमन्त्री ओलीलाई दाना उद्योग संघ परिवारको तर्फ बाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्नु भयो।
प्रधानमन्त्री ओलीबाट भएको “नेपाल कुखुराको मासु, अण्डामा आत्मनिर्भर” को घोषणाको क्षण स्मरण गराउदै अध्यक्ष पुरीले हाल नेपाल बोइलर कुखुराको एक दिने चल्ला, बोइलर कुखुराको माउ चल्लामा समेत आत्मनिर्भर रहेको र निकै समय अगाडि देखि नै पशुपन्छिको दाना उत्पादनमा समेत आत्मनिर्भर रहेको जानकारी गराउनु भयो।

प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ लाख रोजगारी सृजना गरेको नेपालको पोल्ट्री क्षेत्रले वार्षिक करिब १ खर्व ५० अर्वको कारोबार गर्नुका साथै करिब ११३ वटा साना ठुला दाना उद्योगले नेपालको सम्पुर्ण माग पुरा गरी रहेको ्पनि अध्यक्ष पुरीले प्रधानमन्त्रीलाई जानकारी दिनु भयो।
आत्मनिर्भर हुदाहुदै पनि विश्वकै सबै भन्दा कम उत्पादन लागतमा मासु, अण्डा र दुध उत्पादन गर्ने भारत संग प्रतिस्पर्धा गर्न कठिन भैरहेकोले राज्यले दाना व्यवसायलाई निरन्तर प्रतिस्पर्धाको रुपमा चल्ने वातावरण बनाउन सहयोग गर्नु पर्ने माग पनि अध्यक्ष पुरीले प्रघानमन्त्री समक्ष माग गरेका छन।
उहाले खुल्ला सिमानाको कारण हुने गरेका अबैघ तस्करी रोक्नुका साथै यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई हुने सजाय पुनरावलोकन गर्न पनि माग गरे। उहाले नेपाल पशुपन्छीको तयारी दाना उत्पादनमा आत्मनिर्भर भै सकेकोले एच एस कोड २३०९.९०.०० लाई सोहि एच एस कोडबाट अलग गरी विद्यमान १०% भन्सार महसुलबाट वढाई कम्तीमा २०% कायम गरीनु पर्ने बताए।
अध्यक्ष पुरीले दाना बनाउन आवश्यक कच्चा पदार्थ भाग २३०४ अन्तर्गत पर्ने भटमासको पिनालाई कृषि सुधार शुल्क ९% तथा भन्सार महसुल १०% बाट घटाई १% कायम गरीनु पर्ने, विश्वव्यपी इन्धनको रुपमा ईथानलको उत्पादन बढिरहेको तथा त्यसबाट बाई प्रोडक्टहरु भाग २३०३ पर्ने CORN DDGS तथा RICE DDGS पशुपन्छीको दानामा प्रयोग हुने भएकोले हाल लाग्दै आएको भन्सार महसुल १०% बाट कम गरी ५% तथा भ्याट पुर्णरुपमा छुट हनु पर्ने माग समेत प्रधानमन्त्री ओली समक्ष गरेका छन।
आफ्ना मागहरु प्रति प्रधानमन्त्री ओली सकारात्मक रहेको अध्यक्ष पुरीले नौलोआयाम डटकमलाई बताए।
