बालकुमारी साकोसले आफ्नो २५ औं स्थापना दिवस तथा रजत महोत्सव भब्य रुपमा मनाउनेः सप्ताहब्यापी कार्यक्रम सार्बजनिक

मध्यपुर थिमि, साउन २२, २०८१ः
रत्न काजि प्रजापति

मध्यपुर थिमिको एक उत्कृष्ट समुदायमा आधारित सहकारीको रुपमा परिचित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ भब्य रुपमा मनाउने भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा “आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतिका लागि सहकारीताको भावनालाई जगाऔं” भन्ने मूल नारा बोकी बि. स. २०५७ असोज २ गते, मध्यपुर थिमिका बिभिन्न क्षेत्रमा आवद्ध स्थानीय २८ जना महानुभावहरुले तत्कालिन जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता गरी स्थापना गरेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औ स्थापना दिबस सप्ताहब्यापी रुपमा मनाउने जानकारी दिएको हो।

रजत महोत्सव सप्ताहव्यापी कार्यक्रम यहि भाद्र २७ ्गते देखि असोज २ गते सम्म मनाईने छ जसमा वित्तिय साक्षरता कार्यक्रम, सदस्य बृद्धि कार्यक्रम, जिल्ला व्यापी चित्रकला प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, बृद्धाश्रम तथा मानवविद्यागृहमा खाना/खाजा खुवाउने वा भौतिक सामाग्री वितरण कार्यक्रम, सरसफाई कार्यक्रमको आयोजना गरिने छन।

त्यसैगरी बालकुमारी साकोसको रजत महोत्सवको उपलक्ष्यमा बालकुमारी रजत स्मारिका २०८१ प्रकाशन, चाँदीको सिक्का (स्मारिका) प्रकाशन, संस्थापकहरुलाई चाँदीको तक्मा सहित दोसल्लाह ओदाई सम्मान गर्ने तथा पूर्व संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा रही योगदान गरेका संचालकहरुलाई सम्मान गर्ने सम्मका कार्यक्रमहरु गरिने छ।

७ लाख रुपैया पूँजी राखी संचालन गरेको यस साकोसको आ.व. २०८०/०८१ असार मसान्तसम्म शेयर पू्ँजी रु. १३,७०,९७,८००।-, बचत रु. १,७८,५८,८४,६३०।-, ऋण लगानी रु. १,३६,७६,५७,४१५।-, जगेडाकोष तथा अन्य कोष रु. ८,३९,८८,८२०।- र तरलता रु. ६१,४८,८७,८३८।- (३४.४३%) रहेको छ । संस्थाको कुल कारोबार रकम रु. २,१३,८८,२०,०४१।- रहेको छ।

भक्तपुुर जिल्लामा समुदायमा आधारित सहकारी संस्थाको छट्टुै पहिचान स्थापित गर्न सफल बालकुमारी साकोसलाई २०६७ सालमा डिभिजन सहकारी कार्यालय भक्तपुरले जिल्लाकै उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । त्यसैगरी यस साकोसलाई राष्ट्रिय सहकारी बैंक लि.ले २०७३ सालमा बैंकको १३ औं साधारणसभामा उपत्यकाको सहकारीहरु मध्ये उत्कृष्ट क्षेत्रीय पुरस्कार प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!