काठमाडौं, साउन २४, २०८१ः
काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ। बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो।
बिभागले २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ र १ लिटर बोटलको पानीको मूल्य १६ रुपैयाँ तोकेको छ। विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विभागले जनाएको छ।
